Shikhar Insurance
National Life

बौद्धमा ‘फोल्तोङ’ नेपाली स्ट्रिट फुडको ग्राण्ड ओपनिङ

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २७, आईतवार १०:२९
Hyundai
NCELL
NIMB

काठमाडौं। काठमाडौंको बौद्धस्थित’फोल्तोङ’ नेपाली स्ट्रिट फुडको ग्राण्ड ओपनिङ गरिएको छ । बौद्धस्थित शेर्पा गुम्बा सङ जोडीको पहिलो र दोस्रो तल्लामा एक कार्यक्रमबिच वरिष्ठ गायक एंव संगीतकार कर्म बोम्जनले फुडको ग्राण्ड ओपनिङ गरेका हुन् ।

दावा डुक्पा लामा र डिकी लामाले संयुक्त रुपमा उक्त रेस्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् । रेस्टुरेन्टमा नेपाली र चाइनिज खानाको परिकार उपलब्ध हुने र फोल्तोङको अर्थ ढिंडोलाई जनाउने डिकी लामाले बताइन् । दावा डुक्पा लामा डेढ दशक भन्दा लामो समय भारतस्थित आइटिसी सेराटेन होटलमा प्यानेसेन सेफको रुपमा कार्यरत थिए । आफ्नै देशमा व्यवसायमार्फत नेपाली र चाइनिज खानाको प्रवर्द्धन गर्ने हेतुले व्यवसाय सञ्चालनमा ल्याएको उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रेस्टुरेन्ट ओपनिङ कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ गायक एंव संगीतकार कर्म बोम्जनले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । उनले स्वस्थकर र विशिष्ट स्वाद सहितको भोजनको व्यवस्था रहेको बताए । कार्यक्रममा वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ, वरिष्ठ गायक प्रेम लोप्चन, गायक बैरागी मोक्तान, मोडल एंव अभी लामा, मोडल अनिता गोले, गायक एंव एरेन्जर कुन्साङ दोर्जे लोप्चन, ुमामा भन्जाु सिरियलका कलाकार टिम, तामाङ कलाकार संघका बरिष्ठ उपाध्यक्षमा रोशन फ्युबा तामाङ, लगायतका कलाकार, विभिन्न संघसंस्थाका प्रतिनिधि,सामाजिक अभियान्ता,समाजसेवी एंव विशिष्ट व्यक्तीहरुको उपस्थित रहेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्