जुम्ला । हिम गाउँपालिका–६ स्थित पाथरखोलामा सामूहिक स्याउखेतीका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला पुगेका छन् । महासचिवले स्याउखेतीका लागि विरुवा रोप्न कार्यक्रमको सुरुआत गर्ने सो पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीले जानकारी दिएका हुन् ।
पार्टीको निर्णयअनुसार सामुहिक च्याउखेती सुरु गर्न लागिएको जनाइएको छ । कूल २२ हजार क्षेत्रफलमा फैलिने सामूहिक स्याउखेतीका लागि १० हजार बिरुवा रोप्ने लक्ष्य पार्टीले लिएको छ । नेकपा जुम्लाले पहिलो चरणमा दुई हजार बिरुवा रोप्ने छ ।
पार्टीले कृषि उत्पादनलाई प्रथामिकता दिने उद्देश्यले बनाएको योजनाअनुसार हिमा गाउँपालिमा सामुहिक स्याउखेती सुरु गरिएको महासचिव विप्लवले बताए ।
प्रतिक्रिया दिनुहोस्