Shikhar Insurance
National Life

व्यवसायी र बैंकरमाथिको धरपकड रोकिन्छ-अर्थमन्त्री पुन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २४, बिहीबार २१:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । नव नियुक्त अर्थमन्त्री बर्षमान पुनले निजी क्षेत्रमाथी जारी धरपकड रोक्ने आश्वासन दिएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघको प्रतिनिधि मण्डल संगको भेटमा मन्त्री पुनले निजि क्षेत्रलाई बिश्वासमा लिएर अघि बढ्ने र धरपकड तत्कालै रोक्ने प्रतिवद्द्ता व्यक्त गरेका हुन् । उनले निजी क्षेत्रसंग सहकार्य गरेर सरकार अगाडी बढ्ने कुरामा आफ्नो प्रतिबध्दता रहेको जानकारी पनि गराए l

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री पुनले कुनै समुदाय प्रति अपराधीजस्तो व्यवहार नगरिने बताए । निजी क्षेत्रमाथि धरपकड भैरहेको अध्यक्ष ढकालको प्रश्नमा मन्त्री पुनले पहिले अनुसन्धान पुरा नगरि थुन्ने वातावरण अन्त्य गर्न सम्बन्धित
निकायहरुसंग पनि समन्वय गरिने बताए । “गल्ती गर्नेले सजाय पाउँछ तर कोही व्यक्तिले गल्ती गर्दैमा पुरै समुदायलाई नराम्रो भन्न हुन्न, असल नियतले काम गरेकाहरुले दु:ख पाउनु हुन्न’, मन्त्री पुनले भने ।

राज्य भनेको नागरिकको सुरक्षा र सेवा दिने निकाय हो भन्दै मन्त्री पुनले उद्यमी व्यवसायीलाई निरुत्साहित हुन नदिने बताए । ‘यो मेरो जिम्मेवारी हो, मन्त्री पुनले भने, ‘म यहाँहरुलाई हतोत्साही हुन दिन्न ।

GBIME

प्रतिक्रिया दिनुहोस्