Shikhar Insurance
National Life

विपत्तिमा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न कानुन निर्माण गरिनुपर्ने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २४, बिहीबार १७:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले विपद्मा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न कानुन बनाउनुपर्नेमा जोड दिएकी छन् । राजधानीमा आयोजित महिलावादअन्तर्गत विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी सचेतना कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएकी हुन् ।

उनले विपद्मा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्ने गरी कानुनी व्यवस्था गरी त्यसको कार्यान्वयनका लागि आवश्यक संरचना बनाइनुपर्नेमा जोड दिएकी छन् । सेन्टर फर रिप्रोडक्टिभ राइट (सीआरआर), केयर, निड्स नेपाल, ह्युमनेटेरियन पार्टनसिप प्लेटफर्म (एचपीपी) र महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा प्रत्यक्ष चित्रकला प्रदर्शनी, नाटक, कविता, गीत सङ्गीत तथा अन्य प्रस्तुतीकरणबाट विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा सचेतना गराइएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चित्रकार उमेशचन्द्र अधिकारीले विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारबारे कार्यक्रमस्थलमै चित्र बनाएका छन् । उनको चित्रलाई दर्शकले टिप्पणी गरेका थिए । विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा नाट्यकर्मीले मार्मिक नाटक प्रस्तुत गरेका थिए । नाटक हेरेर दर्शक भावुक बनेका थिए । समाजिक परिवेशमा हसाउँदै उनीहरुले विषयवस्तु गहन ढङ्गले उठान गरेर बुझाउने प्रयास गरेका थिए ।

‘महिलामा लगानी स् सभ्य र समुन्नत समाजको थालनी’ लाई ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको मूल नारा बनाइएको उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले गरेका छन् । महिला, कानुन र विकास मञ्चका अध्यक्ष गीता अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद, अधिकारकर्मी, विभिन्न कलेजका कानुन अध्ययन गरिरहेका विद्यार्थीको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्