Shikhar Insurance
National Life

नवीकरण हुन सकेनन् ९० प्रतिशत एम्बुलेन्स

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २४, बिहीबार १३:५२
Hyundai
NCELL
NIMB

चितवन । नेपालमा रहेका एम्बुलेन्समध्ये ९० प्रतिशतको नवीकरण हुन सकेका छैनन् । सरकारले ल्याएको एम्बुलेन्स सञ्चालन निर्देशिका, २०७८ अनुसार स्तरोन्नति हुन नसकेपछि एम्बुलेन्स नवीकरण हुन नसकेका हुन् ।

राष्ट्रिय एम्बुलेन्स निर्देशका, २०७८ मा ‘क’ र ‘ख’ वर्ग मात्रैको व्यवस्था गरेपछि विगतमा ‘ग’ वर्गबाट सञ्चालित एम्बुलेन्स नवीकरण हुन सकेका छैनन् । यसअघि कार्यान्वयनमा रहेको एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालन निर्देशिका, २०७७ खारेज भएपछि तत्कालीन निर्देशिका अनुरुप सञ्चालनमा रहेका ग वर्गका एम्बुलेन्स नवीकरण हुन नसकेका हुन् । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल(ट्रेड युनियन महासङ्घ)का अध्यक्ष नवराज लामिछानेका अनुसार अहिले नेपालमा सञ्चालनमा रहेका छ हजार एम्बुलेन्समध्ये ९० प्रतिशत ग वर्गका छन् । आठ प्रतिशत ख वर्ग र दुई प्रतिशत हाराहारी क वर्गका रहेका उनले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नयाँ निर्देशिका अनुसार ग वर्गको एम्बुलेन्सलाई बिरामी बोक्ने सवारी (प्यासेन्ट क्यारिङ भेइकल) का रुपमा मान्यता दिइएको अध्यक्ष लामिछानेले बताए । योसँगै हाल सञ्चालनमा रहेका ग वर्गका एम्बुलेन्स नवीकरण हुन नसकेका उनले जानकारी दिए । सन् २०१० मोडलभन्दा पहिलाका एम्बुलेन्सको स्तरोन्नति नगरी नवीकरण गर्न नपाइने निर्देशिकामा उल्लेख छ । अध्यक्ष लामिछानेले भने,“एम्बुलेन्सको स्तरोन्नतिका लागि ठाउँको अभाव हुँदा कतिपयले रङ मात्रै परिवर्तन गरेर काम गरिरहेका छन् ।” निर्देशिकामा नै परिवर्तन नगरेसम्म समस्या समाधान नहुने उनको भनाइ छ । उनले भने, “नवीकरण नहुँदा बीमामा समेत समस्या भएको छ । दुर्घटना हुँदा झन ठूलो समसया हुने गरेको छ ।”

दुर्घटनाका लागि केही सहजता होस् भनेर बीमा गरिएको भए पनि त्यतीले मात्रै समस्या समाधान नहुने अध्यक्ष लामिछानेको भनाइ छ । निर्देशिका संशोधनका लागि आफूहरुले सङ्घीय स्वास्थ्य मन्त्रालयमा पटकपटक माग राखेको उनले बताए । अध्यक्ष लामिछानेले भने, “केही दिनअघि मात्रै स्वास्थ्य मन्त्रालयमा १२ बुँदे माग राखेका छौँ ।” स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स चालकको समस्या समाधान गरिदिनुपर्ने भन्दै पटकपटक मन्त्रालय र सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म माग सम्बोधन हुन नसकेको उनले बताए । उनले थपे, “सबै कुरा बुझायो, सरकार परिवर्तन हुन्छ, फेरि सुरुबाट काम गर्नुपर्छ ।”

सरकारले जारी गरेको निर्देशिकाले अस्पताल र रेडक्रसले मात्रै एम्बुलेन्स सञ्चालन गर्न पाउने भनेको भन्दै यसलाई समेत परिवर्तन गरिनुपर्ने अध्यक्ष लामिछानेको भनाइ छ । उनले भने, “यो निर्देशिकाले एम्बुलेन्स सञ्चालनमा ‘सिन्डिकेट’ लागू गरेको छ ।” नयाँ आएका एम्बुलेन्सलाई स्तरोन्नति गरेर सञ्चालन गर्नुपर्ने र पुराना एम्बुलेन्सलाई यसै सञ्चालन गर्न दिनुपर्ने उनको माग छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्