काठमाडौं । बिहिबार सुनको मूल्यले किर्तिमानी रेकर्ड कायम गरेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर तोलाको १ लाख २५ हजार रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिनमा सुनको मूल्य १ लाख २३ हजार ५ सय रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख २४ हजार ४ सय रुपैयाँ प्रतितोला कायम भएको छ भने अघिल्लो दिन १ लाख २२ हजार ९ सय रुपैयाँ रहेको थियो ।
साथै, आज चाँदीको मूल्य तोलाको ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ४ सय ४० रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्