Shikhar Insurance
National Life

सेयर बजारका ६० लाख लगानी कर्ताको हितका लागि नितिगत सुधार गरिनेछ-अर्थमन्त्री पुन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २३, बुधबार २२:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले सेयर बजारका लगानीकर्ताहरुको मनोबल उच्च बनाउन आफ्नो भूमिका रहने बताएका छन् ।

कार्यभार सम्हाल्दै मन्त्री पुनले पुजी बजारका ६० लाख लगानी कर्ताहरुको हित रक्षा र मनोबल बढाउन नितिगत सुधार गर्दै जाने बताए । “सेयर बजारमा उतारचढाव भैरहन्छ, ६० लाख लगानीकर्ता जोडिएका छन् । उनीहरुको हित रक्षा र मनोबल बढाउन नितिगत सुधारको बाटाेमा लगिने छ”, मन्त्री पुनले भने । सेयर बजारको सुधारका लागि संरचनात्मक सुधार गर्ने पनि उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्