काठमाडौं । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले नेकपा(एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री अफर गरेका छन् । माओवादी–एमाले गठबन्धनको विकल्पमा नयाँ गठबन्धन बनाएर माधव नेपाललाई प्रधानमन्त्री बन्न देउवाले अफर गरेका हुन् ।
नेपाल निवास कोटेश्वरमै पुगेर देउवाले अर्काे गठबन्धन बनाएर प्रधानमन्त्री बन्न माधव नेपाललाई अफर गरेका हुन् । देउवाले पुरै कार्यकाल प्रधानमन्त्री बन्न आफुले सहयोग गर्ने वचन दिएको पनि स्रोत बतायो ।
देउवाले देश संकटमा परेका बेला पहिले पनि काँग्रेसले माधव नेपाललाई अघि सारेर प्रधानमन्त्री बनाएको र अहिले पनि लोकतन्त्र संकटमा पर्न लागेकाले नेपालले नै व्यवस्था जोगाउन भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।
२०६५ सालमा पनि प्रचण्ड सरकार ढलेपछि काँग्रेसको समर्थनमा माधव नेपाल गठबन्धनको प्रधानमन्त्री बनेका थिए । अहिले पनि काँग्रेसको सहयोगमा नयाँ गठबन्धन बनाएर नेपालले देशको नेतृत्व गर्नुपर्ने प्रस्ताव देउवाले गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्