काठमाडौं। पुर्वअर्थमन्त्री बिष्णु प्रसाद पौडेल अर्थमन्त्री बन्ने हल्लाले सेयर बजारमा उछाल आएको छ। प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डले नेपाली काग्रेंस सहितको दलको गठबन्धनलाई छाडेर नयाँ मन्त्रिमण्डल बनाउने तयारी गरेसँगै बजारमा सकारात्मक तरगं देखिएको हो
सेयर बजार पुन ४० मिनेटको लागि बन्द भएकको छ । साताको दोस्रो कारोबारको दिन सेयरबजार परिसूचक कारोबार सुरु भएको ३ मिनेट मै ४ प्रतिशतले बढेर २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो । बजार पुनः ५ प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको हो । बजार ९८.६९ अंकले बढेर २०५९.०० बिन्दुमा कायम भई बन्द भएको हो ।
प्रतिक्रिया दिनुहोस्