Shikhar Insurance
National Life

यूनाइटेड अजोड इन्स्योरेन्सले तीन दिन बीमा अभिकर्ता तालिम संचालन गर्ने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २१, सोमबार ११:०८
Hyundai
NCELL
NIMB

काठमाडौं। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तीन दिने तालिम तथा परीक्षा संचालन गर्ने भएको छ ।

कम्पनीले न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी कृषि, पशु वा वनस्पती विज्ञानमा कम्तीमा एक वर्षको प्राविधिक तालिम प्राप्त गरी उत्तीर्ण भएका व्यक्ति वा संस्थाका प्रतिनिधिहरुलाई अभिकर्ता इजाजत पत्रका लागि परीक्षामा सामेल गराउने कम्पनीले जानकारी गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त तालिममा सहभागि हुनको लागि आवश्यक कागजात संकलन गरी फागुन २६ गतेभित्र कम्पनीमा सम्पर्क राख्नु पर्नेछ । कम्पनीले तालिम फागुन २७ गतेदेखि २९ गतेसम्म बिहान ९ बजेदेखि ५ बजेसम्म साँफेबगर, अछाममा संचालन गर्ने जनाएको छ ।

अभिकर्ता इजाजत पत्रका लागि लिखित परीक्षा फागुन २९ गते संचालन गरिनेछ यस परीक्षामा तालिम प्राप्त गरेका तथा कम्पनीबाट इजाजतपत्र प्राप्त गर्न बाँकी रहेकालाई समावेश गरिने कम्पनीले उल्लेख गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्