Shikhar Insurance
National Life

‘सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिए बजेट फेल हुन्छ’ पूर्व गभर्नर क्षेत्री

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २०, आईतवार १६:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सामाजिक सुरक्षा भत्तालाई अहिलेकै अवस्थामा निरन्तरता दिँदा बजेट फेल हुने दाबी गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा सरकारले संसदमा पेश गरेको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा बोल्द क्षेत्रीले यस्तो बताएका हुन् ।

बैठकमा क्षेत्रीले भने ‘ हामीले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौं । यसलाई निरन्तरता दिने हो भने सरकारको बजेट फेल हुने अवस्थामा गइरहेका छौं । सधैँभरी वितरणको लागि रकम व्यवस्था गर्ने अवस्था छैन । विदशीसँग माग्नुपर्ने अवस्था आएको छ । प्रर्याप्त मात्रामा आम्दानी र सरकारको पेन्सन पाएर बसेको छ त्यस्तोलाई सामाजिक सुरक्षा भत्ता कटौती गरी विपन्न वर्गलाई मात्रै दिने व्यवस्था गर्न आवश्यक छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकार परिवर्तनन भएपनि आर्थिक नीतिलाई आधार बनाएर नीति कार्यक्रम र बजेट ल्याउन सकिने अवस्था हुनुपर्ने बताउँदै क्षेत्रीले भने ‘अब मुलुकको आर्थिक नीतिको मोडल कस्तो बनाउने भन्ने विषयमा समग्र राजनीतिक दलको एउटै धारणा ल्याउनुपर्छ । सरकार परिवर्तन भएपनि त्यो नीतिलाई आधार बनाएर नीति कार्यक्रम र बजेट ल्याउने सकिन्छ ।’

उनले आर्थिक मोडलमा प्राकृतिक स्रोत साधनको प्रयोग र राजश्व संकलको आधारमा बजेट बनाउन आवश्यक रहेको बताए । उनले राजश्व संकलनमा समस्या आएको भन्दै सरकारले खर्च कटौती गर्ने दिशामा जानुपर्ने बताए ।

मुलुकको आर्थिक नीतिको मोडलमा सम्पूर्ण राजनीतिक दलले एउटै धारणा बनाउनुुपर्ने मत क्षेत्रीको रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्