काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ११.७८ अंकले घटेर १९६०.३० अंकमा पुगेको हो ।
आज ३०९ कम्पनीको ५५ लाख ७४ हजार २ सय ७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँ कारोबार भएको छ ।
आईतबार चिरख्वा हाईड्रोपावर लिमिटेडको ७.४९ प्रतिशत, ९% कामना सेवा विकास बैंक लिमिटेड डिभेन्चर-२०८७ को ७.१४ प्रतिशत, बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.७६ प्रतिशत बोटलर्स नेपाल तराई लिमिटेडको ५.६७ प्रतिशत सहित १९९ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्