Shikhar Insurance
National Life

आइतबार दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार २ अर्ब माथि

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २०, आईतवार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ११.७८ अंकले घटेर १९६०.३० अंकमा पुगेर बजार बन्द भएको छ ।

आइतबार ३०९ कम्पनीको ५५ लाख ७४ हजार २ सय ७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार सबैभन्दा धेरै सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको कारोबार भएको छ । कम्पनीको १३ करोड २० लाख ४९ हजार ५ सय ४० रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ४ सय ५२ रुपैयाँ रहेको छ ।

साथै, आइतबार १७३ कम्पनीको सेयर मूल्य घट्दा ६७ कम्पनीको बढेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज ग्लोबल आईएमी लघुवित्तको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । भने चिरख्वा हाइड्रोपावरको मूल्य ७.४९ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्