Shikhar Insurance
National Life

नेपाल चेम्बरको ‘चेम्बर एक्स्पो-२०२४’ फागुन २४ गतेदेखि सुरु

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २०, आईतवार १४:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सातौँ चरणको ‘चेम्बर एक्स्पो-२०२४’ संचालन गर्न लागेको छ । एक्स्पो भृकुटीमण्डपमा फागुन २४ देखि २८ गतेसम्म स्थानीय उत्पादन प्रबन्धन एंव बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो हुन लागेको हो ।

उद्योग वाणिज्य अन्तर्गतको व्यापार तथा निकासी केन्द्रको सहकार्यमा हुने एक्स्पोमा फोकस कन्ट्रीका रुपमा दक्षिण कोरिया रहेको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीलाई एकीकृत गर्ने चेम्बर अफ कमर्शको मुख्य उद्देश्य रहेको छ । क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधी, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरुलाई नजिकबाट नियाल्न सहयोग पुग्ने कम्पनीले विश्वास गरेको छ । साथै, मेलाम इण्डियन चेम्बर अफ कमर्शको अगुवाईमा भारत आयुष एक्जिविशन कन्फरेन्स समेत संचालन हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एक्स्पोमा नेपालमा रहेको रुसी दुतावासको वाणिज्य शाखा र मलेसियन दुताबासको वाणिज्य शाखाको पनि सहभागिता रहनेछ । यस्तै बंगलादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरूले प्रदर्शनीमा सहभागिता जनाउनेछन् । प्रर्दशनीमा हस्तकलाका बस्तु घरजग्गा व्यवसायी, खाद्यय एवं पेय पदार्थ, पहिरन, पाठ्य पुस्तक, सवारी साधन, निमार्ण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने छन् ।

नेपाल ‘चेम्बर एक्स्पो-२०२४’ मा सिल्भर स्पोन्सरका रुपमा एन सेल रहेको छ भने अफिसियल इन्स्योरेन्स पार्टनरका रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। यसैगरी अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिङ्क तथा लोयल्टी पार्टनरका रुपमा अर्न सिक्का रहेका छन् । प्रदर्शनीमा अग्नी सुरक्षा उपकरणको सहयोग हिटको प्रालिले गर्ने भएको छ । एक्स्पोको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १ सय ५० भन्दा बढी स्टल रहनेछन् । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस प्रालिले गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्