काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । आइतबार छापावला सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन छापावला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघको अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख १८ हजार ४ सय ५० रहेको थियो ।
साथै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा किनबेच भईरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ३ सय ९० रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्