Shikhar Insurance
National Life

भरतपुर भ्रमण वर्षले देवघाटको धार्मिक पर्यटन प्रवर्द्धन हुने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १८, शुक्रबार १८:०६
Hyundai
NCELL
NIMB

दमौली । भरतपुर महानगरपालिकाले आजदेखि सुरु गरेको भ्रमण वर्ष २०२४ ले तनहुँको देवघाटको धार्मिक पर्यटनका लागि सहयोग पुग्ने भएको छ । सो महानगरपालिकासँग सिमाना जोडिएको देवघाटको धार्मिक पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्षले सहयोग पुग्ने विश्वास गरिएको हो ।

भरतपुर भ्रमण वर्ष उक्त महानगरपालिकाका लागि मात्रै नभइ छिमेकी पालिकाको पर्यटन प्रवद्र्धनका लागि सहयोगी हुने विश्वास गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । उनले भने,“भरतपुर आउने पर्यटकलाई देवघाटसम्म ल्याउने वातावरण सृजना गरी यहाँको धार्मिक पर्यटनको प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्छ, त्यसका लागि हामी सहकार्य गर्छौं ।” भरतपुर भ्रमण वर्ष सफल बनाउन देवघाटको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ । भरतपुर महानगरले भ्रमण वर्षलाई सहयोग गर्न सीमा जोडिएका सात स्थानीय तहलाई अनुरोध गरेको थियो । भरतपुरसँग सीमा जोडिएका तनहुँको देवघाट, नवलपुरको गैँडाकोटसहित चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिकालाई औपचारिक रुपमा आह्वान गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भ्रमण वर्षमा भरतपुर आउने पाहुनाको स्वागतका लागि देवघाट गाउँपालिकाले स्थानीय माझी, बोटे, मगर, गुरुङ र कुमाल समुदायको सांस्कृतिक नाच तथा गुरुकुलका बटुक र ब्राह्मणको भजन प्रदर्शन गर्ने अध्यक्ष थापाले बताए । भरतपुर भ्रमण वर्षमा भरतपुर आउने पाहुनाको कम्तीमा ४० प्रतिशत देवघाटमा लैजान सकेमा देवघाटको पनि थप प्रचारप्रसार हुने र देवघाटमा व्यापार–व्यवसायको प्रवद्र्धन हुने अध्यक्ष थापाले बताए । उनले भने,“भरतपुर भ्रमण वर्षले देवघाटको धार्मिक पर्यटनमा समेत सहयोग पुग्छ, त्यसका लागि पनि देवघाटले भ्रमण वर्ष सफल बनाउन सहयोग गर्नेछ ।”

भरतपुर भ्रमण वर्षले भरतपुरको मात्र नभई आसपासका छिमेकी जिल्लाको पर्यटन प्रवद्र्धन र समृद्धिमा सहयोग पुग्ने महानगरपालिकाका प्रमुख रेणु दाहालले जानकारी दिईन् । महानगरपालिकाले घुम्ने गन्तव्यको सूचीमा देवघाटलाई समेत समावेश गरेको छ । देवघाटमा चक्रवर्ती मन्दिर, गलेश्वर आश्रम, महेश सन्यास आश्रम, हरिहर सन्यास आश्रम, वेणी सङ्गमस्थल, सीता गुफा, देवपुर सामुदायिक घरबास, गोपीटार सामुदायिक घरबास, खाल्टे सामुदायिक घरबास, कोटा रङ्गशाला, छरछरे झरना, घण्टाचुली, प्याउलीगढी, सिन्च्याङगढी, पालुराज मन्दिर, सीता गुफा, बौद्ध गुम्बालगायत पर्यटकीय गन्तव्य छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्