Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा ८ कम्पनीको २ करोड कित्ता बढी बोनस सेयर सूचीकृत, कुनकाे कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक सातामा ८ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा फागुन १३ (आइतबार)देखि फागुन १८ गते शुक्रबार सम्ममा ८ कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड, शिवम् सिमेन्ट, नेपाल इन्स्योरेन्स कम्पनी, राधी विद्युत कम्पनी, नबिल बैंक ऋणपत्र, हाथवे इन्भेष्टमेण्ट नेपाल,सिटिजन्स् लाइफ इन्स्योरेन्स, फर्स्ट माइक्रोफाइनान्स लघुवितसहित कुल २ करोड ११ लाख ३४ हजार ७ सय ४२.८७ कित्ता सेयर सूचीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक

नेपाल स्टक एक्चेन्ज (नेप्से) मा १०.५० प्रतिशत बोनस बापतको सुचिकृत ४४ लाख ९८ हजार ७७ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड
नेपाल इन्स्योरेन्सको १० प्रतिशत बापतको १४ लाख ९४ हजार ७ सय ६६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

शिवम सिमेन्ट
शिवम सिमेन्टको १४.२५ प्रतिशत बापतको ६२ लाख ७० हजार बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

राधी विद्युत कम्पनी लिमिटेड कम्पनी
नेप्सेमा सोमबार राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बापतको ७ लाख ९६ हजार ९०.४१  कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेड कम्पनी
नेप्सेमा हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको १० प्रतिशत बोनस बापतको सेयर २३ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ ।

नबिल बैंक ऋणपत्र
नेप्सेमा नबिल बैंकको ऋणपत्र बुधवार ९ प्रतिशत बोनस बापतको ३० लाख इकाई ऋणपत्र सूचीकृत भएको हो ।

सिटिजन्स् लाइफ इन्स्योरेन्स कम्पनी
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बिहिबार सिटिजन्स् लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस बापतको १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित वितिय संस्था
बिहीबार नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स लघुवितको ७.५० प्रतिशत बोनस बापतको ८ लाख ६० हजार ८ सय ९.४६ कित्ता सेयर सूचीकृत भएको हो ।

९ वटा कम्पनीहरुको बोनस सेयर अब सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Recent MORE