Skip to content
Shikhar Insurance
National Life

‘वोर्ल्ड कार अवार्ड-२०२४’ को टप ३ मा बिवाइडी सेल छनोट

Hyundai
NCELL
NIMB

काठमाडौं । जेनेभा मोटर शोमा ‘वोर्ल्ड कार अवार्ड-२०२४’ मा तीन प्रतियोगीहरू छनोट भएका छन् । बिवाईडीको मोडल ‘बिवाईडी सेल’ले “वोर्ल्ड कार ओफ द यर” र बिवाइडी डोल्फिनले “वोर्ल्ड अरबन कार” श्रेणीहरूमा टप ३ स्थान हासिल गर्दै, क्रमशः प्रतिस्पर्धामा अगाडि बढेका हुन् ।

विश्वभरको प्रमुख अटोमोटिभ परिचालनका महत्त्वपूर्ण पुरस्कारको रूपमा चिनिएका ‘वोर्ल्ड कार अवार्ड’, ‘युरोपीयन कार ओफ द यर’, र ‘नोर्थ अमेरिकन कार ओफ द यर’ अत्यधिक रुपमा प्रशंसित छन्। ‘विश्वमा अटोमोटिभ ओस्कर’ को नाममा प्रसिद्ध भएको ‘वोर्ल्ड कार अवार्ड’ विश्वभरको अटोमोटिभ उद्योगमा धेरै प्रतिक्षित कार्यक्रमको रूपमा बिशेष चर्चा गरिने गरिन्छ। बिवाइडीको प्रदर्शनले नै यसलाई विश्वकै प्रमुख विद्युतीय सवारीसाधनको नेतृत्वको स्थानमा पुर्याएको हो ।

यी दुई मोडेलहरूले, आफ्नो विशेष डिजाइन, प्रविधि र मजबूत सुरक्षा विशेषताहरूका कारण, २९ देशका १०० अटोमोटिभ मिडिया तथा विश्वभरका विशेषज्ञहरूको ध्यानाकर्षित गरेको छ । २०२३ मा, बिवाइडी सेल र बिवाइडी डोल्फिन ने युरो एनसिएपि र एएनसिएपि परीक्षणमा पनि पाँच-ताराको रेटिङ प्राप्त गरेका थिए। विशेषतः बिवाइडी सेललाई “युरोपीयन कार ओफ द यर-२०२४” को अन्तिम चरणका लागि पनि नामांकित गरिएको थियो ।

विद्युतीय सवारीसाधन क्षेत्रमा बिवाइइडीले २०२३ मा ३० लाख विद्युतीय सवारीसाधन बिक्री गर्दै, दोस्रो वर्षका लागि पनि विश्वभरमा शीर्ष स्थान मात्र नभएर, ग्लोबल अटोमोटिभ ब्रान्डहरूको शीर्ष दशमा समेत प्रवेश गरेको थियो, जुन चिनिया अटोमोटिभ निर्माताको लागि इतिहासमै पहिलो हासिल थियो । अहिलेसम्म, बिवाइडीले छ महादेशका ७० देशका ४०० भन्दा बढी शहरहरूमा प्रभावकारी उपस्थिति प्रस्तुती गरिसकेको छ। २०२३ मा बिवाइडी ग्राहकवर्गको व्यापक प्रशंसाले विभिन्न अन्तर्राष्ट्रिय बजारहरूमा अग्रणीको रूपमा उदाएको छ, जसमा थाईल्यान्ड, सिङ्गापुर, कोलम्बिया, र ब्राजिल लगायतका देशहरु समावेश छन्।

विश्व कार पुरस्कारको उद्देश्यसंगै निरन्तर यातायातको क्षेत्रमा नवीनता अभिवृद्धिको उद्देश्यका साथ, बिवाइडी प्रविधिको विकाससंगै जिरो एमिशन समाधान निर्माण गर्नका लागि प्रतिबद्ध छ। यसले बिवाइडीको ग्राहकको अनुभवमा सुधार गर्ने, अटोमोटिभ उद्योगको परिवर्तन तथा प्रगति गर्ने, निरन्तर अटोमोटिभ उद्योगलाई अझै हरित र न्युन कार्बन उत्सर्जनमा परिवर्तन गरि विश्वको स्थायी विकासमा सक्रिय योगदान पुर्याउने उदेश्यलाई पनि दर्साएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्