Shikhar Insurance
National Life

शिखर इन्स्योरेन्सको साधारण सभा चैत ९ गते बस्दै, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १७, बिहीबार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । शिखर इन्स्योरेन्सले १९औं साधारण सभा बोलाएको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैंठक अनुसार सभा चैत ९ गते शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड केन्द्रीय कार्यालय ,शिखर बिज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजे आव्हान गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ । सभाले गत आवको प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमा छलफल गर्नेछ। साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारणतर्फ १ जना सञ्चालक निवार्चन गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभा प्रयाजनार्थ कम्पनीले फागुन २७ गते देखि चैत्र ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । साथै,फागुन २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्