काठमाडौं । साताको चैथो कारोबार दिन सेयर बजारमा झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ०.८७ अंकले घटेर २०००.७७ मा पुगेर बजार बन्द भएको छ ।
बुधबार ३०८ कम्पनीको ५१ लाख १५ हजार ६ सय ५८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लाख ९ सय ७७ रुपैयाँ ४२ पैसा पुगेको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको कारोबार भएको छ । कम्पनीको १२ करोड ६९ लाख ६५ हजार ५ सय ५४ रुपैयाँको कारोबार भएको छ ।
साथै, बुधबार १७० कम्पनीको सेयर मूल्य घट्दा ७१ कम्पनीको बढेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने सामलिङ्ग पावर कम्पनइीको सेयर मूल्य ६.६६ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्