Shikhar Insurance
National Life

४ कम्पनीको सेयरमा लाग्यो सकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १६, बुधबार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ०.८७ अंकले घटेर २०००.७७ मा रोकिएको हो ।

आज ३०८ कम्पनीको ५१ लाख १५ हजार ६ सय ५८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लाख ९ सय ७७ रुपैयाँ कारोबार भएको छ ।बुधबार चार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । बिशाल बजार कम्पनी लिमिटेडको १०.०० प्रतिशत, बोटलर्स नेपाल (बालाजु) लिमिटेडको १०.०० प्रतिशत, बोटलर्स नेपाल (तराई) लिमिटेडको १०.०० प्रतिशत र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९९ प्रतिशतले सर्किट लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, चिरख्वा हाइड्रोपावर लिमिटेडको ९.६४ प्रतिशत, एनआईसि एसिया ग्रोथ फण्ड-२ को ७.४८ प्रतिशत सहित ९९ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्