काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले गैरआवासीय नेपालीहरुलाई लगानीकर्ता ल्याउने पुलको रुपमा प्रयोग गर्न सक्नुपर्ने बताएका छन् । अध्यक्ष केसीले गैरआवासीय नेपाली र संस्थाहरुलाई लगानी सम्मेलनमा लगानीकर्ता ल्याउने सकारात्मक माध्यमको रुपमा सरकारले सोच्नुपर्ने बताएका हुन् ।
अध्यक्ष डा. केसीले सरकारले गर्ने आगामी लगानी सम्मेलन सफल बनाउन विश्वका विभिन्न देशमा बसोबास गर्ने ८० लाख नेपालीसँग समन्वय गर्न आवश्यक रहेको धारणा राखे । उनले अन्य मुलुकहरुको अभ्यास हेर्दा पनि मुलुकभित्र लगानी ल्याउने व्यक्तिहरु त्यही देशमा रहेका गैरआवासीयहरु नै हुने गरेको दाबी गरे ।
उनले नेपालबाट गैरआवासीय भएर बसेका धेरै नेपालीहरु व्यवसायी र लगानीकर्ता बनिसकेको अवस्था रहेको उल्लेख गरे । अध्यक्ष डा.के.सीले सरकारले आगामी बैंशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलनअघि गैरआवासीय नेपालीहरुसँग समन्वय गर्न सुझाव दिए । उनले नेपालले निर्माण तथा उत्पादनका लागि लगानीकर्ताले विदेशबाटै प्रविधि ल्याउनसक्ने गरी प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) गर्न आवश्यक रहेको बताए ।
उनले ठूलो लगानी आउने सम्भावना भएका देशहरुसँग टीटीए सम्झौता गर्न आवश्यक रहेको बताए । अध्यक्ष डा.केसीले नेपालले ठूलो लगानी ल्याउन दुई पक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण (बिपा) सम्झौता पनि गर्न आवश्यक देखिएको बताए । उनले टीटीए र बिपा दुई सम्झौता फण्डामेण्टल भएकाले लगानीको लागि आवश्यक देखिएको उल्लेख गरे ।
अध्यक्ष डा.के.सीले लगानी सम्मेलनमा विदेशी लगानीकर्तामार्फत गुणस्तरीय लगानी ल्याउनको लागि सरकारले कन्ट्री रेट्रिङ गर्नुपर्ने सुझाव दिए । उनले ठूला लगानीकर्ता नेपालमा आउनुभन्दा पहिला लगानीमा नेपालको रेट्रिङ हेर्ने गरेको बताए । अध्यक्ष डा.के.सीले सरकारले नेपालमा मात्रै लगानी सम्मेलन नभएर अन्तर्राष्ट्रिय सम्मेलनहरुमा सहभागिता जनाउनुपर्ने सुझाव दिए ।
उनले नेपाल सरकारले आफूसँग भएका आयोजनाहरु र उत्पादनलाई प्रचारमा बाहिर ल्याउनुपर्ने बताए । लगानी सम्मेलन भनेको दुई चार वर्षमा मेला गरे जस्तो नभएर हरेक वर्ष गर्न सुझाव अध्यक्ष के.सीको छ । उनले संघ,प्रदेश र स्थानीय सरकारले समेत लगानी सम्मेलन गर्न आवश्यक रहेको भन्दै मुलुकभित्रकै लगानीकर्ताले लगानीको सम्भावना रहेकाले सरकारले त्यो विषयलाई पनि सोच्न आवश्यक रहेको बताए ।
लगानी सम्मेलनका लागि अध्यक्ष केसीका यस्ता छन् पाँच सुझाव
१. धेरै देशहरुसँग नेपालको विदेशी लगानीमा निर्माण तथा उत्पादनका लागि लगानीकर्ताले विदेशबाटै प्रविधि ल्याउन गरिने प्रविधि हस्तान्तरण सम्झौता (टीटीए)सम्झौता छैन । जुन जुन देशबाट लगानीकर्ता आउने ठूलो सम्भावना छ । ती देशरुसँग टीटीइ सम्झौता गर्नुपर्छ । नेपालले ठूलो लगानीको कुरा गर्दा द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण (बिपा) सम्झौता गर्नुपर्छ । टीटीए र बिपा दुई सम्झौता वैदेशिक लगानीको लागि फण्डामेन्टल विषय हो । जुन लगानीको लागि आवश्यक छ । यी दुवै गराउनु पर्छ ।
२. नेपालमा अहिले जुन लगानी भइरहेको छ । धेरै लगानी अन्तर्राष्ट्रिय दातृ निकायहरुले ग्राण्डको रुपमा दिएको छ । नेपालमा गुणस्तरीय वैदेशिक लगानीकर्ता आएको अवस्था छैन । देशमा लगानी गरेर मुनाफा आउँछ की आउँदैन । देशको लगानीको वातावरण के छ भन्ने कुरा देशको लगानी रेट्रिङ हुनुपर्छ । जुन अहिलेसम्म भएको छ्रैन । ठूला कम्पनीले लगानी गर्न चाहँदा लगानीमा नेपालको रट्रिङ के छ भनेर हेर्छन । त्यसैले अनिर्वाय रुपमा कन्ट्रि रेट्रिङ गराउनुपर्छ ।
३. नेपालमा अहिलेसम्म जति पनि ठूला साना आयोजनाहरु छन् । ती आयोजनाहरुलाई हाइलाइट गरेर नेपालमा मात्रै लगानी सम्मेलन गर्ने होइन । यस्ता खालका अन्य लगानी सम्मेलनहरुमा नेपालले भाग लिनुपर्छ । अन्य अन्तर्राष्ट्रिय सम्मेलनहरुमा सहभागिता जनाउनुपर्छ ।
४. अन्य मुलुकहरुको अभ्यास हेर्दा पनि लगानी ल्याउने व्यक्तिहरु त्यही देशमा रहेका गैरआवासीयहरु हुन्छन् । ८० लाख नेपालीहरु विश्वका विभिन्न देशमा बसोवास गर्छन् । तीमध्ये धेरै व्यवसायी र लगानीकर्ता बनिसकेका छन् । उनीहरु र गैरआवासीय संस्था लगानीकर्ता ल्याउने पुल हुनसक्छ । त्यसको सरकारले सकारात्मक रुपमा प्रयोग गर्नुपर्छ ।
५. नेपाल सरकारले आफूसँग भएका आयोजनाहरु र उत्पादनलाई प्रचारमा बाहिर ल्याउन सकेको छैन । जुन लगानी सम्मेलन भनेको दुई चार वर्षमा मेला गरे जस्तो नभएर हरेक वर्ष गर्नुपर्छ । संघ,प्रदेश र स्थानीय सरकारले समेत लगानी सम्मेलन गर्नुपर्छ । लगानी सधैँ विदेशीहरुले मात्रै आएर गरिदिने होइन । मुलुकभित्रकै लगानीकर्ताले लगानीको सम्भावना देखेको हुन्छ । यस्ता कुराहरुमा सरकारले खाल गर्दा लगानी सम्मेलन सफल हुन्छ ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्