काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले स्व. भक्तराज आचार्यको नाममा सरकारले नयाँ काम शुरु गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार निधन भएका आचार्यको अन्तिम श्रद्धाञ्जलीका क्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा बोल्दै उनले यस्तो जानकारी गरेका हुन् ।
उनले स्व. आचार्यलाई नेपालीले कहिल्यै बिर्सिन नसक्ने बताए । उनले उनका गीतहरु बाँच्नेहरुको निम्ति आदर्श हुने बताए । उनले बाँच्नेहरुले उनको निम्ति धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।
उनले भने ‘उनलाई हामीले कहिल्यै पनि बिर्सिने छैनौँ । उनले सधैँ जीवनका गीत गाएर बाँच्नेहरुको निम्ति आदर्श व्यक्तित्व रहेका छन् । ‘उहाँको दुःखद् निधन अन्त्येष्टिको यो दिनमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’ उनले भने केही काम गर्ने प्रतिवद्धता गर्दछु ।’
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्