काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको छ । पुष १४ गते सम्पन्न साधारण सभाबाट पारित ९.५० प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।
बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडियम एण्ड क्लियरिङ लिमिटेडमा सुचिकृत भई अभौतिक रुपमा कारोबार हुनेछ । मसिंर २८ गतेको अघिल्लो दिनसम्म सेयर कारोबार लिखतमा रहेका सेयरधनीहरुको बोनस सेयर हितग्राही खातामा जम्मा भएको हो ।
प्रतिक्रिया दिनुहोस्