काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ ९ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार चैत ७ गते बस्ने गरी सभा बोलाएको हो ।
कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने, बैंक तथा वित्तीय संस्थाहरुबाट चुक्ता पुँजी र सञ्चित मुनाफाभन्दा बढी ऋण लिने तथा सोका लागि संचालक समितिलाई अख्तियारी दिने सभाको विशेष प्रस्ताव रहेको छ । साथै, सर्वसाधारणका लागि आईपिओ जारी गर्नेछ ।
संचालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्