Skip to content
Shikhar Insurance
National Life

विग सिजीको अवसरमा नबिल, माछापुच्छ्रे र एनएमबी बैंकद्वारा क्यास ब्याक अफर सार्वजनिक

Hyundai
NCELL
NIMB

काठमाडौं । विग सीजी डेको अवसरमा एनएमबी बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकहरुका लागि सुनौलो अफर ल्याएको छ । सिजी डिजिटलसँगको साझेदरीमा बैंकले क्यास ब्याक र क्रेडिट कार्डमार्फत् विशेष छुट पाउने अफर ल्याएको हो ।

अफर फाल्गुन १२ गतेदेखि फाल्गुन २१ गतेसम्म चालु रहने छ । नबिल बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत् २० प्रतिशत छुट वा अधिकतम २ हजार रुपैयाँ क्यास ब्याक र क्रेडिट कार्डमार्फत् २५ प्रतिशत छुट वा अधिकतम २ हजार ५ सय रुपैयाँ छुट पाउन सक्नेछन् ।

साथै, माछापुच्छ्रे बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत २४ प्रतिशत छुट वा अधिकतम ७ सय २४ रुपैयाँ क्यास ब्याक र क्रेडिट कार्डमार्फत् २४ प्रतिशत छुट वा अधिकतम १ हजार २४ रुपैयाँसम्म छुट पाउन सक्नेछन् । त्यसैगरि, एनएमबी बैंकका ग्राहकहरूले कार्डमार्फत् १० प्रतिशत छुट वा अधिकतम ५० रुपैयाँ क्यास ब्याक छुट पाउन सक्नेछन् ।

विग सीजी डेको मुख्य हाइलाइटहरु
८००ं बढीका सामानहरूमा ३६ प्रतिशतको छुट, थप १० प्रतिशतको मेगा भौचर, २४ हजारसम्म क्यास ब्याक पाउनेछन् । डेल्ली गिभअवेको रूपमा १० दिनसम्म हरेक दिन एकजना लक्की विजेता हुनेछ, जसले आफूले किनेको समान बराबरको अर्को समान निःशुल्क लिन पाउने छ । साथै, ४१४१ सम्म सिजी पोइन्ट रहेको कम्पनीले जनाएको छ ।

बिग सीजी डे २४.२.२४ मा सीजी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स (एलजी, सीजी, टिसीएल, गड्रेज, बेको, मिडिया, केन्ट, ब्ल्याक, डेकर, क्रम्प्टन, एलिका, सेन्सी) सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटी, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्स्योरेन्सका उत्पादनमा विभिन्न अफर राखिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्