Skip to content
Shikhar Insurance
National Life

बोटलर्स नेपालको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से १३.२८ अकंले बढेर १९९२.३० बिन्दुमा बजार बन्द भएको हो ।

आज सोमबार ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७ सय १७ कित्ता सेयर किनबेच हुँदा २ अर्व १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँ कारोबार भएको छ । आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयरमा १०.०० प्रतिशतले सर्किट लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडमा ८.१६, नेपाल वेयरहाउस कम्पनी लिमिटेडमा ७.६५ प्रतिशत, सोनापुर मिनिरल एण्ड ओएल लिमिटेडमा ७.३५ प्रतिशतसहित १९४ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE