Skip to content
Shikhar Insurance
National Life

गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा पिजिएम भेटघाट कार्यक्रम चितवनमा सम्पन्न

Hyundai
NCELL
NIMB

काठमाडौं । गल्फ लुब्रिकेन्ट्स इन्टरनेशनलद्वारा आयोजित रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स भेटघाट कार्यक्रम सम्पन्न भएको छ । डिलर आशीर्वाद अटो ट्रेडिङ्गको सहकार्यमा आयोजना उक्त मिट कार्यक्रम चितवनमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका उपमहाप्रबन्धक दिवाकर मिश्रले भने,’यो भेटघाट कार्यक्रम हामीले देशभरी संचालन गर्दै आएका छौँ । यो कार्यक्रमको मुख्य उद्देश्य भनेको विभिन्न क्षेत्रमा रहेका रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंग प्रत्यक्ष भेटघाट गरी उहाँहरुको सल्लाह र सुझाब अनुरुप रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मैत्री नीति बनाउनु हो ।’

कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका एसिष्टेन्ट म्यानेजर राजन रावलले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी दिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराए ।

उक्त कार्यक्रममा आशीर्वाद अटो ट्रेडिङ्गका प्रवन्धक सुवास कंडेल, नेपाल अटो मोबाईल्स डिलर एसोसिएसन (नाडा)का बाग्मती प्रदेश प्रमुख एवं चितवन अटो मोबाईल एसोसिएसनका अध्यक्ष कुलबहादुर क्षेत्री, नेपाल ल्युब आयल लिमिटेडका उपमहाप्रबन्धक दिवाकर मिश्र सहित नेपाल ल्युब आयल लिमिटेडका सेल्स तथा मार्केटिङ टिमको पनि उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्