Shikhar Insurance
National Life

पर्यटकीयस्थल रामधुनी मन्दिरमा तालाबन्दी भएको छैन, नियमित पूजा भईरहेको छ : अध्यक्ष कार्की

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १३, आईतवार १३:३०
Hyundai
NCELL
NIMB

इनरुवा । सुनसरीको धार्मिक तथा पर्यटकीयस्थल रामधुनी मन्दिरमा नियमित पूजा भइरहेको रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले जानकारी दिए । उनले एक पत्रकार सम्मेलनमा बोल्दै मन्दिरमा तालाबन्दी नभएको र नियमित पूजा भईरहेको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा रामधुनी नगरपालिकाका प्रमुख शङ्करलाल चौधरी, उपप्रमुख तारा थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालसहितको उपस्थिति रहेको थियो । रामधुनी मन्दिरमा पूजा नरोकिएको रामधुनी नगर प्रमुख चौधरीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जिल्ला प्रशासन कार्यालयले मन्दिरको अवलोकन र अनुगमन गरी सरोकारवाला पक्षसँग छलफल गर्दा मन्दिरमा पूजा नरोकिएकोे सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्