काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले किसानहरुलाई दुधको भुक्तानी दिन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सिंहले किसानहरुले दुधको भुक्तानी नपाएर आन्दोलिन हुनुपरेको भन्दै दुधको भुक्तानी गर्न सरकारसँग माग गरेका हुन् ।
उनले सांसदहरुलाई निर्वाचन क्षेत्र विकासको लागि दिने भनिएको पाँच करोड रुपैयाँ किसानलाई राहत दिनुपर्ने बताए । उनले सहकारीहरुले पार्टीका नेताहरुको छत्रछायाँमा जनताको अरबौँ रुपैयाँ खाएका बताए । उनले भने‘सहकारीहरुले पार्टीको नेताहरुको छत्रछाँयाबाट अरबौँ रुपैयाँ जनताको पैसा खाएको छ ।
एकजनालाई पनि समातेर कारबाही गरेर असुली गरेको छैन । मैले प्रधानमन्त्री र गृहमन्त्रीलाई भनेको छु, जुन पाँच करोड रुपैयाँ हामीलाई दिइएको छ, पहिला किसानहरुलाई अनुदान र दुधको भुक्तानी गरिदिनुस् । हामी तपाईहरुसँग चाहियो भनेर माग्दैनौँ । त्यसैपनि अदालतले रोकेको छ । उनले भने, ‘त्यो पैसा नेपालका किसानहरुलाई दुध व्यापारीहरुलाई राहत र सहयोग गरिदिनुस् ।’
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्