Skip to content
Shikhar Insurance
National Life

कर तिर्ने समय थप्न नाडाको आग्रह, वर्कशपहरूलाई अक्सिजन उद्योगलाई सिलिन्डर फिर्ता दिन निर्देशन

Hyundai
NCELL
NIMB

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले राजस्व बुझाउने म्याद थप्न माग गरेको छ । निषेधाज्ञाका कारण मूल्य अभिवृद्धि विवरण एवं कर बुझाउन सक्ने अवस्था नरहेको भन्दै निषेधाज्ञा खोलेको एक हप्तासम्म कर तथा अन्य कागजात बुझाउने व्यवस्था गर्न नाडाले आग्रह गरेको छ ।

स्वास्थ रक्षाको दृष्टिकोणले पनि व्यवसायीहरु आफ्नो कार्यालयमा जान सक्ने अवस्था नरहेकाले वैशाख महिनाको २५ गतेसम्म बुझाउनु पर्ने म्याद सरकारले निषेधाज्ञा खोलेको मितिबाट एक हप्तासम्म कर तथा अन्य आवश्यक कागजातहरु बुझाउन सकिने व्यवस्थाका लागि सरकारसँग नाडाले अनुरोध गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नाडाले अटोमोबाइल्स वर्कसपलाई अक्सिजन सिलिन्डर उद्योगमै पुर्‍याइदिन आग्रह पनि गरेको छ । आफूहरुसँग रहेको अक्सिजन सिलिन्डर अक्सिजन निर्माण गर्ने उद्योगहरुमै बुझाइ सहयोग गर्न नाडाले आग्रह गरेको हो ।

कोरोना महामारीको बेलामा अक्सिजन सिलिन्डर अभाव हुँदा कोभिड–१९ का बिरामी समस्यामा परेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE