काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले केही सख्यामा नेपाली नागरिकबाट दरखास्त माग गरेको हो ।
कम्पनीले कनिष्ठ सहायक पदको सहायक श्रेणीमा केही संख्यामा कर्मचारी माग गरेको छ । यसका लागि प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तीमा १ वर्ष काम गरेको तथा एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी दुई वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ ।
प्रशिक्षार्थी पदको सहायक श्रेणीमा केही संख्यामा कर्मचारी माग गरिएको छ । यसका लागि एसएलसी वा सो सरहेका परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । कम्प्युटरसम्बन्धी ज्ञान भएको र दुईपाङ्ग्रे साधनको लाईसेन्स भएको व्यक्तिलाई विशेष प्राथमिकता दिनेछ । उमेरको हदमा भने १८ वर्ष पुरा भई ३५ ननाघेको र महिलाको हकमा माथिल्लो उमेरमा ५ वर्ष थप हुनेछ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरि सूचना प्रकाशन भएको १५ दिनभित्र (फागुन १८ गते) सम्म कम्पनीको वेबसाइट वा शाखा कार्यालयमा गएर आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्