काठमाडौं । खारे इन्भेष्टमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार फागुन २८ गते बस्ने गरी सभा आह्वान गरेको हो ।
सभा कम्पनीको कार्यालय त्रिपुरेश्वरमा हुने भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियामवली आवश्यक संशोधन गर्ने सभाको विशेष प्रस्ताव रहेको छ ।
साथै, नियमक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियामवलीका प्रस्तावित संशोधनहरु परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सोको लागि संचालक समितिलाई अख्तियार प्रदान गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्