Shikhar Insurance
National Life

‘३१ अर्ब कर तिर्ने, ८२ हजारलाई रोजगारी दिने बैंक विरुद्ध लाग्नेहरुमाथि कारवाही होस्’

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ६, आईतवार १८:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि बैंकरहरु एकमुख भएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन, नेपाल वित्तिय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त अपिल जारी गर्दै नेपालको बैंकिङ क्षेत्र दक्षि एशियाकै अब्बल रहेको बताउँदै बैंकिङ क्षेत्रमाथि आक्रमण गर्नेहरुलाई कानुनी कारवाही गर्न माग गरेका हुन् ।

‘पछिल्लो समयमा यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधीहरु भइरहेको र सामाजिक संजालहरुमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’, बैंकर्सहरुले संयुक्त वक्तव्यमा भनेका छन् । बैंकर्सहरुले बैंक विरुद्ध गलत अफवाह फैलाउनेहरुमाथि कानुनी कारवाहीको माग पनि गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘आम–सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायहरुलाई आग्रह गर्दछौं ।’, चारै प्रकारका बैंक तथा वित्तिय संस्थाहरुका सीईओहरुको छाता संस्थाहरुले जारी गरेको अपिलमा भनिएको छ ।

‘अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नेपालको बैंकिङ्ग क्षेत्रलाई दक्षिण एसियाकै सबल र उत्कृष्ट क्षेत्रको रुपमा स्थापित रहेको पनि उनीहरुले दावी गरेका छन् ।

बैंकरहरुका अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ३५ लाख भन्दा धेरै निक्षेप खाताहरु र १८ लाख भन्दा धेरै कर्जा खाताहरु संचालनमा छन् । देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मुलुकको कुल ग्राहस्थ उत्पादन भन्दा धेरै निक्षेप संकलन तथा लगभग कुल ग्राहस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ्ग सेवाहरु आफ्ना ६४४१ शाखाहरु मार्फत देशभर प्रदान गर्दै आइरहेका छन् । साथै, देशको दुर–दराजमा गई ५७ वटा लघुवित्त संस्थाहरुले २८ लाख भन्दा धेरै स–साना ऋणीहरुलाई रु ४ खर्ब भन्दा धेरै ऋण प्रवाह गरी आर्थिक रुपान्तरणमा अहम भूमिका खेलेका छन् ।

बैंक तथा वित्तिय संस्थाहरुले सबै संस्थाहरुले ८२ हजार भन्दा धेरै कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । आर्थिक बर्ष २०७९।८० मा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल सरकारलाई ३१ अर्ब भन्दा धेरै राजश्व बुझाउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्व बमोजिम बैंक तथा वित्तीय क्षेत्रहरुले ७७ करोड भन्दा धेरै विविध सामाजिक कार्यहरुमा खर्च गरेका छन् ।

अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्त(बसेल) लगायत लाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै, नेपालको बैंकिङ्ग क्षेत्र उदाहरणको रुपमा स्थापित रहेका बैंक तथा वित्तिय संस्थाहरुमाथिको गलत प्रचारमा विश्वास नगर्न पनि उनीहरुले माग गरेका छन् ।
नेपालका बैंकहरु सुशासित र पारदर्शी रहेको दावी पनि उनीहरुले गरेका छन् । ‘नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीतिरनियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको छ । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको व्यहोरा स्पष्ट पार्दछौं ।’
निक्षेपकर्ताहरुको सम्पूर्ण निक्षेप सुरक्षित रहेको र पाँच लाखसम्मको निक्षेपको सुरक्षण समेत गरिएको पनि बैंकरहरुले स्पष्ट पारेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्