Shikhar Insurance
National Life

डेढ वर्षदेखि थन्किएको ‘क्याथल्याब’ मेसिन बल्ल उपयोगमा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार ११:५६
Hyundai
NCELL
NIMB

लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालमा डेढ वर्षदेखि थन्काइएका मुटुसँग सम्बन्धित उपकरणको बल्ल सदुपयोग भएको छ । अस्पतालको कोठामा थन्किएका करोडौं मूल्यका ‘क्याथ ल्याब मेसिन’ उपयोगमा आएको हो ।

यस्ता उपकरण सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनसँगै सेवा सुरु गरिएको मेडिकल सुपरिटेन्टेन्ट डा सुदर्शन थापाले जानकारी दिए । अस्पतालमा मुटु रोगका बिरामीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथ ल्याब सेवा सुरु गरिएको उनले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वरिष्ठ मुटु रोग विशेषज्ञ डा अर्जुन बुढाथोकीसहितको विशेषज्ञ टोलीले अब प्रादेशिक अस्पतालमै मुटुको उपचार गर्ने भएका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा बुढाथोकीको नेतृत्वमा बिरामीको एनजीओग्राम गरेर सेवा सुरु गरिएको र अबदेखि एन्जिओग्राम र एन्जियोप्लास्टिकका उपचार सेवा यहीँबाट गरिने मेसु डा थापाले जानकारी दिए । एन्जिओग्राम (मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) सेवा सुरु भएको थप सेवा विस्तार हुँदै जाने उनले बताए । डा बुढाथोकीको नेतृत्वमा डा रोशन घिमिरेसहितको टोलीले अस्पतालमा मुटुका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले क्याथ ल्याब सञ्चालनका लागि २२ करोड विनियोज गरेको छ । सेवा सञ्चालनका लागि लुम्बिनी प्रदेशको पहिलो सरकारकै पालामा पहल भएको र हाल आएर सेवा सञ्चालनमा आएको हो । कार्डियोलोजी विभागका जनस्वास्थ्य निरीक्षक रामप्रसाद अर्यालका अनुसार अस्पतालमा सिमेन आरसीटी एस मेसिन रहेको यसले मुटुसम्बधी उपचार गर्न सकिनेछ । क्याथल्याबमा दुईजना चिकित्सक, दुई स्टाफ नर्स, एकजना एनेस्थेसिया र एक हेल्पर गरी जम्मा आठजनाले सेवा दिइने अर्यालले बताए ।

मुटुसम्बन्धी समस्या भएर केही दिनअघि अस्पतालमा आएका दुईजना बिरामीको उपचार गर्दै सेवा सुरु भएको मेसु डाक्टर थापाले बताए । उपचारपछि दुबै बिरामीको अवस्था सामान्य भएको छ । लुम्बिनी प्रदेश अस्पतालले प्रदेशकै विशेषज्ञ सेवाहरु प्रदान गर्दै आएको छ । अस्पतालमा बहिरङ्ग (ओपीडी) मा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन् ।

अझै प्रयोगमा आएनन् पेट रोगको उपचारका मेसिन

प्रादेशिक अस्पतालमा ‘ग्यास्ट्रोइन्टेरोलोजिस्ट’को सेवा प्रदान गर्ने उद्देश्यले करिब डेढ वर्षअघि नै ‘इआरसीपी’ मेसिन र ‘मोटराइज्ड स्पाइलर इन्टेरोसेपी’ मेसिन गरिद गरेर राखिएको छ । यी स्वास्थ्य उपकरणमध्ये ‘इआरसीपी’ मेसिन बिरामीको पित्त तथा कलेजोबाट निस्कने नलीको भागलाई रोग पहिचानका लागि दूरबिनबाट हेर्ने र कुनै ठाउँमा पत्थरी रोकिएको रहेछ भने निकाल्ने तथा उपचार गर्ने प्रविधि रहेको प्रादेशिक अस्पतालका मेसु थापाले जानकारी दिए ।

यस्तै ‘मोटराइज्ड स्पाइलर इन्डोसकोपी’ भने बिरामीको आन्द्राको पूरै भागबाट हेरेर रोग पत्ता लगाउन प्रविधि रहेको मेसु थापाले जानकारी दिए । यी उपकरण सङ्घीय सरकारको विनियोजित बजेटबाट करिब रु ६ करोडभन्दा बढी लागतमा खरिद गरिएका हुन् । आधुनिक प्रकारका यी उपकरणसहितको सेवा सञ्चालन गर्न ‘इआरसीपी’, ‘इन्स्टरोस्कोपी’ विषयमा तालिम लिएको डिएम ग्यास्ट्रोइन्टेरोलोजिस्ट जनशक्ति आवश्यक पर्ने हुन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्