काठमाडौं। साताको अन्तिम कारोबारको दिन सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ। शुक्रबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँमा बजारमा खरिद बिक्री भएको छ । अघिल्लो दिन छापावला सुन मूल्यमा प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ८ सय रुपैयाँमा कारेबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको भने अघिल्लो दिन प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्