काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । शुक्रवार राती १ बजेदेखि लागू हुने गरि निगमले डिजेल/पेट्रोल र मट्टीतेलको मूल्य प्रती लिटर २ रुपैयाका दरले मूल्य वृद्धि गरेको हो ।
अब काठमाडौंमा पेट्रोलको मूल्य प्रती लिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेलको मूल्य प्रती लिटर १६० रुपैयाँ पर्नेछ ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै राखेको छ ।
प्रतिक्रिया दिनुहोस्