काठमाडौं । गहनासहित ६५ लाख चोरी गर्ने पाँचजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका ४ माकलवारीस्थित दिलमाया आलेमगरको घरबाट सुनका गहना तथा नगदसहित ६५ लाख बराबरको धनमाल चोरी गर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
पीडितको जाहेरका आधारमा खोजतलास गर्ने क्रममा चोरीमा संलग्न पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार फोहर उठाउने बहानामा माघ २८ गते दिउँसो घरको ढोका फोडेर चोरी भएको हो । उक्त कार्यालयले चोरीमा संलग्न भारतीय नागरिकलाई पक्राउ गरी आज (बिहिबार) सार्वजनिक गरेको छ ।
त्यसअघि अभियुक्तहरूले काठमाडौंको बूढानीलकण्ठस्थित दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरी २५ लाख बराबरको धनमाल बरामद गरिएको थियो । गोकर्णेश्वर नगरपालिका बस्ने गीता राईको घरबाट सुनचाँदीका गरगहना तथा नगदसहित ४ लाख १० हजार बराबरको धनमाल बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्