काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको वर्गीकरण गरेको छ । सूचीकृत कम्पनीहरुको वर्गीकरण बिहीबार नेप्सेमा सार्वजनिक गरेको हो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म अद्यावधिक विवरण सार्वजनिक गरिएको नेप्सेले जानकारी दिएको छ । सार्वजनिक गरिएको वर्गीकरणमा परेको सस्ंथाहरुले उल्लेखित समूहमा पर्नु नपर्ने कारण सहित ३५ दिनभित्र दावी गर्न सक्नेछन् ।
नेप्सेका अनुसार ३१ वटा कम्पनी ए वर्गमा, ३५ कम्पनीले वि वर्गमा, ७० वटा जि र १३५ वटा जेड वर्गमा परेका छन् ।
‘ए’ वर्गमा परेका वाणिज्य बैंकहरु सिटिजन्स् बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, नविल बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक वर्गिकरणमा परेका छन् ।
अधिकाशं विकास बैंकहरु ‘ए’ वर्गमा परेका छन् । जस्तै, लुिम्बनी विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक , मितेरी डेभलपसेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, सग्रिंला डेभपलमेन्ट बैंक,
‘बी’ वर्गमा वर्गिकरण भएका विकास बैंकहरु, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक परेको छ ।
साथै, बीमा कम्पनी ‘ए’ वर्गमा नेपाल इन्स्योरेन्स मात्र परेको छ भने ‘जि’ वर्गमा जेड वर्गमा अधिकाशं कम्पनीहरु परेका छन् । ‘जि’ वर्गमा आइएमई लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ,सन लाइफ,सिटिजन लाइफ परेको छ ।
‘जेड’ वर्गमा राष्ट्रिय जीवन बीमा कम्पनी, एशियन लाइफ, सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट एन्स्योरेन्स जस्ता थुपै कम्पनीहरु परेका छन् ।
नेप्सेमा सूचीकृत भएका हाइड्रोपावरको सूचीकृत कम्पनीहरु वर्ग ‘ए’ र ‘जि’ मा परेका छन् ।
वर्ग ‘ए’ मा चिलिमे हाइड्रोपावर कम्पनी,सानिमा माई परेका छन् ।
‘बी’ वर्गमा आखु खोला जलविद्युत, अवि, अरुण काबेली, अरुण भ्याली, बरुया हाइड्रोपावर जस्ता थुप्रै कम्पनीहरु परेका छन् ।
‘जी’ वर्गमा, हिमालयन हाइड्रोपावर, बुद्धभूमी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, पिपुल्स पावर जस्ता थुप्रै कम्पनीहरु परेका छन् ।
साथै, ‘जेड’ वर्गमा हिमालयन उर्जा, माउन्टेन इनर्जि, हिमालयन पावर, पाँचथर पावर कम्पनी जस्ता थुप्र कम्पनीहरु परेका छन् ।
नेप्सेमा वर्गिकरण लघुवित्तहरु, ‘ए’ वर्गमा, छिमेक, फस्ट माइक्रोफइनान्स, साना किसान जस्ता कम्पनीहरु परेका छन् ।
‘बी’ वर्गमा, ग्लोबल आइएमई, आरएसडीसी लघुवित्त परेका छन् ।
‘जी’ मा परेका कम्पनीहरु, जाल्पा,नेष्डो समृद्ध, सीवीआईसी नेपाल, अभियान, आत्मनिर्भर लघुवित्त जस्ता थुप्रै कम्पनीहरु परेका छन् ।
‘जेड’ वर्गका परेका कम्पनीहरु, आरम्भ चौतारी, आशा, डिप्रोक्स, गणपति, ग्रामीण विकास, गुराँस, जनउत्थान सामुदायिक , किसान लघुवित्त जस्ता थुप्रै कम्पनीहरु परेका छन् ।
प्रतिक्रिया दिनुहोस्