Skip to content
Shikhar Insurance
National Life

सीतारामको नयाँ प्रोडक्ट ‘स्पेसल मिल्क फर टि एन्ड कफी’

Hyundai
NCELL
NIMB

काठमाडौं । सीताराम गोकुल मिल्क्स प्रा. लिले फाल्गुण १ गतेबाट बजारमा ‘सीता राम मिल्क स्पेसल फर टि एन्ड कफी’ भित्राएको छ । प्रायजसो, सर्वसाधरणले बजारमा उपलब्ध हुने प्याकेट दुध अथवा डेरिबाट खुला दुध किनेर चिया वा कफी बनाएको देखिन्छ, तर अब भने उपभोक्ताहरुले सहजै चिया वा कफी बनाउनकालागि स्पेसल दुध लिन पाउने भएका छन् ।

सो दुधले चिया र कफीको स्वाद बढाउनका साथै मुखमा छुट्टै मिठास ल्याउने सीताराम गोकुल मिल्क्स प्रा. लिको भनाई छ । चिया र कफीका पारखि एवम् साना तथा ठुला चिया पसल, क्यान्टिन, पार्टि प्यालेस, होटेल र रेष्टुरेन्टको दैनिक खपतलाई लक्षित गरी सीतारामले सोही दुध १ लिटरको पाउचमा ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सीताराम गोकुल मिल्क्स प्रा. लिले विगत २८ वर्ष देखि दूध तथा दूग्धजन्य उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सीतारामले दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सी लगायत अन्य दूधजन्य उत्पादनहरू ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको छ । सीतारामका उत्पादनहरू उच्च गुणस्तरका हुनुको साथै ग्राहक स्वास्थ्यलाई मध्यनजर गर्दै राम्रो प्याकेजिङ् मा पनि उपलब्ध गराइन्छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्