काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यको ८०.३० प्रतिशत राजस्व संकलन गरेको छ । विभागले यस अवधिमा २ खर्ब ७९ अर्ब ४९ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।
विभागले माघ मसान्तसम्ममा ३ खर्ब ४७ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । सो अवधिमा आयकरबाट एक खर्ब ४२ अर्ब १९ करोड ५३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा एक खर्ब २६ अर्ब ९८ करोड ४८ लाख रुपैयाँ उठाएको छ । जुन लक्ष्यको ८९.३० प्रतिशत हो ।
विभागले माघ मसान्तसम्ममा घरबहाल करबाट एक अर्ब ९९ करोड ८ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । उक्त अवधिमा विभागले एक अर्ब ३७ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। लक्ष्यको ६८.९३ प्रतिशत राजश्व उठाउन सफल भएको छ ।
त्यसैगरी, विभागले ब्याजबाट माघ मसान्तसम्ममा लक्ष्यको ७५.२७ प्रतिशतमा मात्रै उठाउन सफल भएको छ । २५ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ राजस्व उठाएको छ । यस अवधिमा ३४ अर्ब १८ करोड ७० लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । लक्ष्यको ७५.२७ प्रतिशतमा मात्रै उठाउन सफल भएको छ ।
विभागले भ्याटबाट यस अवधिमा लक्ष्यको ७८.६६ प्रतिशत राजस्व संकलन भएको छ । भ्याटबाट ८३ अर्ब १२ करोड ८४ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको विभागले ६५ अर्ब ३८ करोड ९६ लाख रुपैयाँ राजस्व उठाएको हो ।
विभागले माघ मसान्तसम्म अन्तशुल्क शीर्षकमा ५३ अर्ब ७९ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन लक्ष्यको ६८.६८ प्रतिशत हो । विभागले उक्त शीर्षकमा ७८ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ राजस्व उठाउन लक्ष्य लिएको थियो ।
त्यस्तै यस अवधिमा स्वास्थ्य शीर्षकमा विभागले लक्ष्यको ६२.९८ प्रतिशत राजस्व संकलन गरेको छ । स्वास्थ्य शीर्षकमा ६ अर्ब १० करोड ४८ लाख रुपैयाँको लक्ष्य लिएको विभागले ३ अर्ब ८४ करोड ५० लाख रुपैयाँ उठाएको हो ।
यस अवधिमा विभागले शिक्षा शीर्षकमा राजस्वको लक्ष्य भेटेको छ । माघ मसान्तसम्म शिक्षा शीर्षकमा एक अर्ब ५० करोड रुपैयाँ राजूव उठाउने लक्ष्य लिएको विभागले एक अर्ब ८८ करोड १० लाख रुपैयाँ उठाएको हो । जुन लक्ष्यको १२५.४० प्रतिशत हो ।
माघ महिनामा मात्र विभागले ३६ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ उठाएको छ । विभागल ४३ अर्ब एक करोड ५ लाख रुपैयाँ राजस्वको संकलन गर्ने लक्ष्य लिएको थियो । जुन लक्ष्यको ८४.५६ प्रतिशत हो ।
यस अवधिमा विभागले ब्याजबाट ६ अर्ब ५९ करोड १७ लाखको लक्ष्य लिएकोमा ६ अर्ब ८४ करोड ५छ लाख रुपैयाँ राजस्व उठाएको छ । जुन लक्ष्यको १०३.७० प्रतिशत हो ।
त्यसैगरी यस अवधिमा शिक्षा शीर्षकमा लक्ष्यको १६३.४७ प्रतिशत राजस्व संकलन भएको विभागले जनाएको छ । माघमा शिक्षाबाट १७ करोड ९५ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको विभागले २९ करोड ३४ लाख रुपैयाँ उठाउन सफल भएको हो ।
त्यसैगरी यस अवधिमा विभागले आयकरबाट लक्ष्यको ८२.२१ प्रतिशत, घरबहाल करबाट लक्ष्यको ७५.८८ प्रतिशत भ्याटबाट ८६.९५ प्रतिशत, अन्तशुल्कबाट लक्ष्यको ७२.३१ प्रतिशत र स्वास्थ्य शीर्षकबाट लक्ष्यको ६२.६० प्रतिशत राजस्व संकलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्