काठमाडौं । साताको चौथौँ कारोबारको दिन सुनचाँदीको मूल्यमा ओरालो लागेको छ । आज छापावाल सुन प्रतितोल १२०० सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजावी सुन पनि तोलामा १२०० रुपैयाले घटेर प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्