काठमाडौं । सरस्वती बहुमुखी क्यापसमा अनेरास्ववियूले माघ ३ गतेदेखि तालाबन्दी गरेको थियो । अनेरास्ववियूले मागेको मागहरु पुरा नगरेको भन्दै क्याम्पस प्रमुख र लेखा प्रमुखको कोठामा माघ ३ गते देखि ताला बन्द गरेको हो ।
अनेरास्ववियूले पटक पटक ध्यानाकर्षण,धर्ना दिँदापनि विद्यार्थीहरुका पक्षमा राखिएको मागहरु प्रति क्याम्पस प्रशासले ध्यानआकर्षण नगरेपछि बाध्य भएर ताला लगाउन बाध्य भएको अनेरास्ववियू सरस्वती क्याम्पसका अध्यक्ष राम बहादुर मल्लले बताएका छन् ।
अनेरास्ववियूले २६ दिनसम्म भएको तालाबन्दी माघ २८ गते क्याम्पस प्रमुख र अनेरास्ववियूबीच वार्ताबसी तालाबन्दी तोडेको मल्लले जानकारी दिएका छन् । वार्तामा अनेरास्ववियूले राखेका मागहरुलाई कलेजले सम्बोधन गरेको छ । क्याम्पसमा हरेक आएवेय बैंकिङ प्रणालीबाट गर्न भनी हिजो ग्लोबल आईएमइ बैंकको एक्सटेनसन क्याम्पसमा ल्याईयो, लाइवेरी व्यवस्थीत गरेर अज्न मागहरु लिखित रुपमा सम्झौता गरिसकेपछि ताला खोलिएको मल्लले बताएका छन् ।
अनेरास्ववियूले गरेको मागहरु
१. आय व्याएको विवरण सार्वजनिक गर्नुपर्ने र सोको पारदर्शिता कायम गर्नुपर्ने ,
२.प्रशासनिक काम कारबाही छिटो छरितो गर्नुपर्ने र सबै कामहरु अनलाइन प्रणलीमार्फत गर्ने व्यवस्था मिलाउने ,
३.विभिन्न संकायमा अध्यानरत विद्यार्थीहरुलाई पुस्तकबाट सहज रुपमा किताबहरु उपलब्ध गराउने,
४.क्याम्पसमा बैंकको एक्सटेनसन काउन्टर यथाशिघ सञ्चालन गर्ने,५.विद्याथीहरुको सहजीकरणको लागि रिसेप्सन् कक्षको स्थापना गर्ने,
६. पठनपाठनको लागि कक्षकोठाको अभाव भएका कारण भौतिक संरचना निर्माण तथा व्यवस्थापक गर्नुपर्ने,
७.स्वतन्त्र विद्यार्थी युनियनको खाता यथाशिघ्र सञ्चालन गर्ने ।
कयाम्पस प्रशासनले सबै मागहरु पुरा गरेपछि अनेरास्ववियूले तालाबन्दी तोडेको छ ।
प्रतिक्रिया दिनुहोस्