Skip to content
Shikhar Insurance
National Life

वैशाख २७ गते केपी सरकारको अग्नीपरिक्षा, टिक्छ कि ढल्छ ?

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार दिउसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधि सभाको बैठक आह्वान गरेकी हन् ।

“प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकाले सोही प्रयोजनको लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ,” राष्ट्रपति कार्यालयका सहालेयक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत भनेका छन् ।

प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएका छन् । तर, एमालेकै माधव नेपाल पक्षका सांसदहरूले फ्लोर क्रस गरेर विपक्षमा भोट हाल्ने सम्भावना छ ।

No description available.

GBIME

प्रतिक्रिया दिनुहोस्