काठमाडौं । काठमाडौंको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा विद्युत सर्ट भएर आगलागी भएको छ । आइतबार दिउँसो ३ बजे सडक डिभिजन प्रमुख नारायणदत्त भण्डारीको सरकारी निवासमा आगलागी भएको हो ।
आगलागीबाट सरकारी कागजात, व्यक्तिगत कागजात र केही रकम जलेको भण्डारीले जानकारी दिए । विद्युत सर्ट भएर सुरु भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिकाको बारुणयन्त्रको सहयोगमा निभाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्