Skip to content
Shikhar Insurance
National Life

कुमारी क्यापिटलको ‘कुमारी सबल योजना’ इकाई आजदेखि बिक्री खुल्ला

Hyundai
NCELL
NIMB

काठमाडौं। कुमारी क्यापिटलले म्युचुअल फण्ड आज देखि निष्कासन गरेको छ। क्यापिटलले ‘कुमारी सबल योजना’ को कुल १० करोड इकाई निष्कासन गरेको हो ।

इकाइधनीहरुले प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन् ।

जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

इच्छुक इकाईधनीहरु वा अन्य संघसंथाहरुले आवश्यक कागजात संकलन गरि फागुन २ गते सम्म आवेदन पेश गर्ने सक्नेछन् । उक्त समयमा सबै इकाई बिक्री नभएमा फागुन १३ गतेसम्म खुला गर्ने कम्पनीले जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्