Skip to content
Shikhar Insurance
National Life

युनिग्लोब सेकेण्डरी स्कुल र सन सेक्युरिटिजबीच सम्झौता

Hyundai
NCELL
NIMB

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.र युनिग्लोब सेकेण्डरी स्कुल कमलादीबीच सम्झौता भएको छ । वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको हो ।

सन नलेज पाट्नरसिप कार्यक्रम अन्तरगत भएको यस सम्झौतामा सन सेक्युरिटिज प्रा.लि.ले युनिग्लोब कलेज अन्तरगत १०, +२ मा अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी सेयर बजार र यसका विभिन्न पक्षहरुसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्ने भएको छ । विद्यार्थीहरुलाई प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरुका साथै धितोपत्रको दोश्रो बजार अन्तरगत गरिने कारोबार तथा लगानीसँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरु प्रदान गर्ने सहमति सम्झौतामा भएको छ ।

यस सम्झौता अन्तरगत युनिग्लोब कलेजका विद्यार्थी तथा तिनका परिवार र शिक्षक एवं कर्मचारीहरुलाई सन सेक्युरिटिज प्रा.लि.ले तालिमका साथै बजारसँग नजिक बनाउन उनीहरुलाई आवश्यक हुने डिम्याट खाता, मेरो सेयर निशुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ । साथै कलेजसँगको समन्वयमा १०, +२ मा अध्ययनरत विद्यार्थीहरुलाई एकेडेमिक हिसाबले उपयुक्र्त हुने गरी गेष्ट लेक्चरहरु समेत प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा कलेजका तर्फबाट प्रिन्सिपल डा. गणेश रेग्मी र सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीले हस्ताक्षर गरेका थिए । सम्झौता कार्यक्रममा बोल्दै सन सेक्युरिटिज प्रा.लि.का अध्यक्ष कृष्ण गिरीले सन नलेज पाट्नरसिप कार्यक्रमले विद्यालय तहबाटै विद्यार्थीहरुलाई नेपालको सेयर बजारको बारेमा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक ज्ञान दिने कोशिश गरेको, दक्ष लगानीकर्ताहरु वृद्धि हुने तथा यसले समग्र पूँजीबजारलाई नै प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगबाट सहयोग पुग्ने अपेक्षा गरेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्