Shikhar Insurance
National Life

‘बीवाईडी चाइनिज न्यु इयर कप’ प्रयोजन गर्ने साइमेक्स इंकको घोषणा

सिंहदरबार संवाददाता
२०८० माघ २६, शुक्रबार १५:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । साइमेक्स इंक प्रालिले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल–चाइना फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गर्ने घोषणा गरेको छ । कार्यक्रम चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजना गर्ने भएको हो ।

कार्यक्रम आगामी फेब्रुअरी १० मा दशरथ रंगशालामा हुने भएको छ । स्प्रिङ फेस्टिभल अर्थात् वसन्त पर्व समेत भनिने चाइनिज न्यु इयरले विश्वव्यापी रुपमा गहिरो सांस्कृतिक महत्व राख्ने, पारिवारिक पुनर्मिलन, पुरानोबाट नयाँमा पदार्पण र नयाँ सुरुवाततर्फको यात्रा दर्शाउने साइमेक्स इंकले जनाएको छ । संयुक्त राष्ट्र संघले समेत चाइनिज लुनार न्यु इयरलाई होलिडेको रुपमा मान्यता दिएकाले यसले विश्वव्यापी पहुँच र महत्वलाई जोड दिएको प्रमाणित भएको संस्थाको विस्वास रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बीवाईडी चाइनिज न्यु इयर कपमा चीनको किन्घाई युथ फुटबल टिम र नेपालको यु–२१ फुटबल टिमबिच प्रतिस्पर्धा हुनेछ, जसले उत्साहजनक प्रतिस्पर्धा र मित्रतालाई झल्काउने छ । यसले फुटबलको विश्वव्यापी भाषाबाट चीन र नेपालबिचको मित्रता, सांस्कृतिक सम्बन्ध तथा संस्कृति र समुदायबिचको सम्बन्धलाई अझै मजबुत बनाउने छ ।

साइमेक्स इंक प्रालिले दुई देशबिचको गहिरो सम्बन्धलाई अझै बलियो बनाउन भूमिका खेल्ने प्रयोजकले बताएका छन् । क्लिन इनर्जी र सस्टेनेबल मोबिलिटी सोलुसनका लागि विश्वमै नेतृत्व गरिरहेको बीवाईडी उत्कृष्टता, नवीनता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध छ । साथै, बीवाईडी चाइनिज न्यु इयर कपमा सहभागी भई स्प्रिङ फेस्टिभलको परम्परा र फुटबलको विश्वव्यापी आनन्द तथा नेपाल र चीनबिचको मित्रताको चिरस्थायी बन्धनलाई एकजुट भई अंगाल्न प्रयोजकले आग्रह गरेका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्