काठमाडौं। साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । बिहीबार छापावला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८५० रुपैयााँ कारोबार भएको छ । अघिल्लो तेजावी सुनको मूल्य दिन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको छ भने अघिल्लो दिन १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्