काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ४.९२ अंकले बढेर २०९०.६४ को बिन्दुमा बजार बन्द भएको छ ।
बुधबार ११३ कम्पनीको ७७ लाख ३२ हजार २३४ कित्ता किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख५० हजार २७३ रुपैयाँको कारोबार भएको हो ।
बुधबार सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको कारोबार भएको छ । आज १५५ कम्पनीको सेयर बढेको छ भने ७७ कम्पनीको घटेको छ । आज १५ कम्पनीको सेयर स्थिर रहेको छ ।
बुधबार ५ कम्पनीको कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने आज सबैभन्दा धेरै एनसिसि डिभेञ्चरको सेयर मूल्यमा घटेको छ ।
प्रतिक्रिया दिनुहोस्